नियम ११
एक न्यायाधीशको इजलासबाट हेरिने
देहायका मुद्दाहरू अदालतको एक न्यायाधीशको इजलासबाट हेरिने छन्- (क) सङ्घीय कानून बमोजिम उच्च अदालतबाट शुरू कारबाही र किनारा हुने मुद्दा, (ख) निवेदनपत्र दर्ता भई प्रत्यर्थीबाट लिखित जवाफ मगाउने आदेश भई नसकेका देहायका निवेदनहरू:- (१) निषेधाज्ञा सम्बन्धी निवेदनपत्र, (२) बन्दीप्रत्यक्षीकरण सम्बन्धी निवेदनपत्र, (३) परमादेश सम्बन्धी निवेदनपत्र, (४) उत्प्रेषण सम्बन्धी निवेदनपत्र, (५) प्रतिषेध सम्बन्धी निवेदनपत्र र (६) अधिकारपृच्छा सम्बन्धी निवेदनपत्र । ७(ग) मुलुकी देवानी कार्यविधि ऐन (संहिता), २०७४ को दफा ११५७, मुलुकी फौजदारी कार्यविधि ऐन (संहिता), २०७४ को दफा ७३ र ७९ तथा ऐनको दफा १५ अन्तर्गत परेका निवेदनपत्रहरु, “१(ग१) अभियुक्तको नाममा पक्राउ पूर्जी जारी गर्ने अनुमति सम्बन्धी निवेदन, शो । ७(घ) मुलुकी देवानी कार्यविधि ऐन (संहिता), २०७४ को दफा ६५ बमोजिमको निवेदन,
(ङ) मुद्दा मामिलाको कारबाहीको सिलसिलामा रजिस्ट्रारले दिएको आदेशउपरको उजुरी,
तर संयुक्त इजलासमा पेस हुने मुद्दासँग सम्बन्धित
रजिस्ट्रारले दिएको आदेशउपरको उजुरी संयुक्त इजलासबाट हेरिनेछ।
(च) यस नियमावलीमा अन्यथा व्यवस्था भएको वा रजिस्ट्रारको अधिकारक्षेत्रभित्रको निवेदनपत्रबाहेक अरु सबै निवेदनपत्रहरू।